११ वर्षीया बालिकामाथि सामुहिक बलात्कारपछि हत्या गरेका आरोपीहरू प्रहरीकाे नियन्त्रणमा

असार १३, २०८२ |कमला पाख्रिन
११ वर्षीया बालिकामाथि सामुहिक बलात्कारपछि हत्या गरेका आरोपीहरू प्रहरीकाे नियन्त्रणमा

सिन्धुपाल्चोक । जिल्लामा ११ वर्षीया बालिकामाथि सामुहिक बलात्कारपछि हत्या गरेका पाँच जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीकी बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो ।

मृतक बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर एकान्त जंगलको भीरमा लगेर मिल्काएका थिए । रूखमा अड्किएर टाउकोमा ढुङ्गाले हानेको अवस्थामा उनको शव फेला परेको थियो ।

शव फेला परेपछि प्रहरीले घटनास्थलमा निरीक्षण, सबुत संकलन, सोधपुछ र तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानबाट पाँच जना आरोपी रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभएकाे छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।