इटहरी उपमहानगरपालिका: २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेश

विवादका कारण धरानले बजेट तथा नीति कार्यक्रम ल्याउन सकेन्
असार १०, २०८२ |अर्जुन सुवेदी
इटहरी उपमहानगरपालिका: २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेश

सुनसरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थीक वर्ष २०८२÷०८३ को लागि २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेश गरेको छ । नगर उपप्रमुख संगिता कुमारी चौधरीले मंगलबार सुरु १६ औं नगरसभामा गत बर्षभन्दा एक अर्ब कमको अनुमानित बजेट प्रस्तुत गरेकी हुन। 

चालु आर्थिक बर्षको लागि गत बर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८३ लाख ५० हजार रुपैयाको बजेट बिनियोजन भएको थियो । यसैबिच मेयर र उपमेयरबिचको बिवादले धरान उपमहानगरपालिकाको बजेट अनिश्चित भएको छ । 

नगरप्रमुख हर्क साम्पाङ र उपप्रमुख अईन्द्रबिक्रम बेघाबिचको बिवाद उत्कर्षमा पुगेपछी धरानले बजेट तथा नीति कार्यक्रम ल्याउन नसकेको हो ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।