खोलाले बगाउँदा एक जना बेपत्ता

असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा सोही गाउँपालिका- ३ बस्ने ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिनुभएकाे छ।

उहाँले दिएको जानकारीअनुसार सोही गाउँपालिका–३ का पुर्व वडा सदस्य समेत रहेका बोहरा पानी घट्टका लागि जातो तार्ने क्रममा गेरेनी खोलामा आएको बाढीले बगाएर बेपत्ता भएको हुन्।

आइतबार दिउँसो दुई बजेर ४५ मिनेटमा खोलाले बगाएको खबर स्थानीयले प्रहरीलाई गरेपछि प्रहरीसहित स्थानीय बेपत्ता बोहराको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक बोहराले बताउनुभएकाे छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.