काठमाडौं । दुर्लभ वन्यजन्तु कृष्णसारकाे उचित व्यवस्थापन र पर्याप्त पिउने पानीसँगै घाँसे मैदानका कारण यस्को संख्या बढ्दै गएको छ ।
बर्दियाको सदरमुकाम गुलरियाको खैरापुर संरक्षण क्षेत्रमा रहेका कृष्णसार जोगाउन चुनौती पनि उत्तिकै रहेको छ ।
२ सय ५५ वटा कृष्णसार मध्ये भाले ४८, पोथी १ सय ६२ र बच्चा ४१ र पहिचान नहुन सकेको (भाले र पोथी) ४ रहेका छन् । फ्याउरो, स्यालको आक्रमणमा १९ वटा कृष्णसार मारिएको थियो । ती मध्ये एकलाई भुस्याहा कुकुरले मारेको छ ।
यस आ.व.मा कृष्णसार बढ्नुका कारण पर्याप्त घाँसे मैदान, पिउने पानीको व्यवस्थाले बाहिर निस्कन पाउँदैनन् । नियमित गस्तिसँगै अनुगमननै भएकाले कृष्णसारकाे संख्या बढेको हो ।
संरक्षण क्षेत्रको भौतिक पूर्वाधार विकास, स्याहार संभार र उचित बास नभएकाले यो वन्यजन्तु संकटमा परेको हो । ७ सय ८ विघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० विघा बढी जग्गा भूमिहीनका नाममा अतिक्रमण गरिएको छ ।
कृष्णसार जोगाउन अतिक्रमण हटाई तारवार लगाई संरक्षण गर्न जरूरी छ ।