काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले शुक्रबार फैसला गर्दै बस्नेतले १३ करोड १२ लाख रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको भन्दै दोषी ठहर गरेको हो ।
बस्नेतले घरजग्गा कारोबारी राजु कँडेलसँग घुस लिएर जमिन दिएको आरोप लागेको थियो । घुसबापतको रकम शुद्धीकरण गरेको आरोपसहित दायर मुद्दामा बस्नेतलाई आज अदालतले दोषी ठहर गरेको हो ।
कँडेललाई पनि सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरिएको छ । दुवै जनाको कैद सजायका लागि भने असार १६ गतेलाई पेशी तोकिएको छ ।