परासी । पश्चिम नवलपरासीको बर्दघाटमा कपडा बैंक स्थापना गरिएको छ। बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालको संयुक्त आयोजनामा कपडा बैंकको स्थापना गरिएको हो।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना भएको कपडा बैंकमा कपडा संकलन गरेर नगर भित्रका विपन्न नागरिक र तत्कालै आवश्यक पर्ने स्थानमा वितरण गरीने बर्दघट जेसिसका अध्यक्ष मोहन सापकोटाले बताउनुभयो। यो कपडा बैंक क्लोथ एन्ड फुड बैंकको १ सय ६५ औं शाखा हो ।
कपडा बैंकको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले पुराना कपडालाई रिफाइन गरेर पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंंकको स्थापना गरिएको बताउनुभयो । उहाँले यो अभियानमा सबैले साथ दिन आग्रह गर्दै आगामी दिनमा फुड बैंक समेत बिस्तार गर्दै लगिने बताउनुभयो।