नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको देवचुलीम एम्बुलेन्स र स्कुल भ्यान एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घ६नामा परी ५ जना घाइते भएका छ्न ।
जिल्लाको देवचुली नगरपालिका-२ दुम्कौली चोकमा नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ नम्बरको भ्यान दुर्घटनमा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालका अनुसार दुर्घटनामा परेर स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ बस्ने ५२ वर्षीय कुल प्रसाद सुबेदी को मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सुवेदीको उपचारकोक्रममा पुरानो मेडिकल कलेज, भरतपुर चितवन लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको हो । घाइतेको स्थानीय स्वास्थ सस्थामा उपचार भैरहेको छ ।