काठमाडौं । आज विश्व योग दिवस। सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने नाराका साथ नेपालमा पनि योग दिवस मनाइँदैछ।
योग अभ्यासले मनको शान्ति, आत्म नियन्त्रण, चित्त शुद्धीकरण र आध्यात्मिकतामा ध्यान केन्द्रित गर्दै मानवमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ।
योगलाई आफ्नो जीवनको हिस्सा बनाउन सकेमा मानिस स्वस्थ र दीर्घायु हुन्छ। योगले कार्यक्षमतामा समेत वृद्धि ल्याउने गर्छ । विश्व योग दिवसको अवसरमा आज राजधानीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुने कार्यक्रम छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ तारिखलाई विश्व योग दिवसको रूपमा मनाउँदै आइएको छ ।