काभ्रे । बिहानीपख करिब ६ बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९, नार्केस्थित बीपी राजमार्गमा एक पिकअप गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको छ।
सिराहाबाट काठमाडौँतर्फ आँप ढुवानी गर्दै गरेको को २ च २०५३ नम्बरको पिकअप गाडी ब्रेक फेल भएर बीच सडकमै उल्टो अवस्थामा पुगेको हो।
घटनापछि इलाका प्रहरी कार्यालय मंगलटार र स्थानीयको सहयोगमा गाडीलाई सुरक्षित स्थानमा सारिएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको काभ्रे प्रहरीले जनाइएको छ।