क्यान्सर सर्बाइभर नमिताको मेचीदेखि महाकालीसम्मकाे साइकलयात्रा सम्पन्न

जेष्ठ १४, २०८२ |दीपक बन्जारा
क्यान्सर सर्बाइभर नमिताको मेचीदेखि महाकालीसम्मकाे साइकलयात्रा सम्पन्न

काठमाडौं । क्यान्सर सर्बाइभर नमिता बस्नेतले १४ दिनमा मेचीदेखि महाकालीसम्मको साइकल यात्रा सम्पन्न गरेकी छन । २०८१ चैत ३० गते हनुमान जयन्तीको दिन मेची पुलबाट यात्रा थालेकी उनले २०८२ वैशाख १२ गते महाकाली पुगेर यात्राको समापन गरिन्।

'मुस्कुराउँछ नयाँ जीवन' नारासहित गरिएको यात्रामा उनले दैनिक १५० कि.मीसम्मकाे साइकल यात्रा गरिन्।

तेक्वान्दो ब्ल्याक बेल्टधारी र सामाजिक अभियन्ता बस्नेत अहिले पूर्वाञ्चल क्यान्सर अस्पतालमा काउन्सिलरको रूपमा कार्यरत छन। क्यान्सर सचेतना फैलाउने अभियानमा सक्रिय उनी योग प्रशिक्षकसमेत हुन्।

नमिताले साइकल यात्रामा कनकाई नगरपालिकासहित विभिन्न संघ/संस्थाबाट सहयोग पाएको बताउँदै क्यान्सर भएका बिरामीहरूलाई नआत्तिन र आशावादी बन्न सन्देश दिएकी छन।

झापाको कनकाई–३ सुरुङ्गा निवासी नमिताले २०७७ सालमा घाँटीमा क्यान्सर देखिएपछि सफल उपचार गराएकी थिइन्। 


Image

दीपक बन्जारा

बन्जारा कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।