नवलपुर । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-७ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । अम्रसाबाट चोरमारा बजारतर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बर को मोटरसाइकल बाटो चिप्लो भएर अनियंत्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय पुर्वी नवलपरासीका डिएसपी मधु नेपालकाअनुसार दुर्घटनामा परेर घाइते भएका मध्यविन्दु नगरपालिका-७ बस्ने वर्ष २४ को नविन कुमाल र स्थाननीय २२ वर्षका रादिम मिधुनको मृत्यु भएको हो ।
उनीहरूलाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमै सवार रहेका २८ वर्षको मनिष घर्ती मगरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।