भूमिसम्बन्धी विधेयक आवश्यकै छैनः माओवादी सांसद राई

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमिसम्बन्धी विधेयक आवश्यकै छैनः माओवादी सांसद राई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले भूमिसम्बन्धी विधेयक आवश्यक नै नभएको बताउनुभएको छ ।

आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिके बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संशोधन राखेका दफाहरू वन ऐनमै रहेको र वनको कुरालाई भूमि ऐनमा ल्याएर हस्तक्षेप गर्न नहुने बताउनु भयो । 

सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२, २०२१ साल भन्दा पनि पछि फर्किएको उहाँले जिकिर गर्नुभयो । विधेयकमा सुकुम्वासी, स्ववासीलाई जग्गा दिने कुरा कतै नरहेको उहाँले बताउनु भयो । जंगल मास्ने काममा नलाग्न पनि उहाँले आग्रह गर्नुभयो ।

सांसद राईले यो विधेयक जस्ताको त्यस्तै पास गरे पास गर्नै सबै कलंकित हुने बताउनु भयो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.