कोलिफार्म भेटिएका पाँच कम्पनीले पुन: पानी वितरण गरेपछि समितिद्वारा तालाबन्दी

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोलिफार्म भेटिएका पाँच कम्पनीले पुन: पानी वितरण गरेपछि समितिद्वारा तालाबन्दी

भक्तपुर । भक्तपुरमा सञ्चालित पाँचवटा खानेपानी कम्पनीमा कोलिफार्म भेटिएपछि पानी बिक्री वितरणमा रोक लगाइएपनि पानी उद्योगले पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरेको छ । 

भक्तपुरको चाँगुनारायण नगरपालिकले-३ झौखेलमा सञ्चालनमा रहेका पाँचवटा खानेपानी उद्योगलाई बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको थियो । तर बिक्रि वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मंच तथा उद्योग वाणिज्य संघले संयुक्त रूपमा अनुगमन गरी उद्योगहरूमा तालाबन्दी गरेको हो । 

उपप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन उद्योग पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योगीहरूले जनस्वास्थ्यमा गम्भिर असर गर्ने खालको गतिविधि बढाए स्थानीय ऐन अनुसारको कारवाही प्रकृया अगाडी बढाउने समेत उपप्रमुख बुढाथोकीले बताउनुभयो ।

अनुगमन टोलीले एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रालि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रालि, झौखेल उच्च वेभरेज प्रालि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रालि का पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो । 

अनुगमणका क्रममा भक्तपुर नेचुरल वाटर प्रालिबाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको हो । पाँचवटा कम्पनीले सोमबार भित्र ल्याब टेस्ट रिपोर्ट नगरपालिकामा पेस गरेपछि नगरपालिकले पुन: पानी परिक्षण गरेपछिमात्रै बिक्री खुल्ला गर्न सकिने नगरपालिकाले बताउँदै आएको थियो । तर आज बिहानदेखि नै बन्द उद्योग भित्रबाट पानी बिक्री भएको पाइएपछि पुन: अुनगमण तिव्र बनाएको हो । 

यस्तै अनुगमण टोलीले आइतबार झौखेलका पाँचवटा थप उद्योगको अनुगमण गरी पानीको नमुना संकलन गरी नगरपालिकाले परिक्षणकालागि लगिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.