भूमिसम्बन्धी विधेयक मन्त्रीपरिषद्लाई केन्द्रीत गर्नेगरी आयोः हितराज पाण्डे

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमिसम्बन्धी विधेयक मन्त्रीपरिषद्लाई केन्द्रीत गर्नेगरी आयोः हितराज पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ एकीकृत नभएको आरोप लगाउनुभएको छ ।

आइतबारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमिसम्बन्धी ऐन धेरै पुरानो भएकाले नयाँ बनाउन खोजिएको तर एकीकृत हुन नसकेको बताउनु भयो । 

यस सम्बन्धी विगतमा भएका छलफलहरू पनि समेटेर एकीकृत बनाइ ल्याउनुपर्ने उहाँकाे भनाइ छ । विधेयकको संशोधन मन्त्रीपरिषद्लाई केन्द्रीत गर्नेगरी आएको उहाँले बताउनु भयो ।

प्रमुख सचेतक पाण्डेले भूमि विधेयकमा जग्गा सम्बन्धी विषयवस्तुमा आफ्नो फरक धारणा रहेको बताउनु भयो । जग्गा लिँदा एउटा विषय भनेर लिने तर पछि निजी स्वार्थमा प्रयोग गर्ने गरेको पाइएको उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.