समितिमा मन्त्री नआएपछि सांसदहरूको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
समितिमा मन्त्री नआएपछि सांसदहरूको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ

काठमाडौं । संसदीय समितिमा मन्त्री नै उपस्थित नभएको भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित गरिएको छ ।

सिंहदरबारमा आइतबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको थियो । बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीबारे छलफल गर्ने कार्यसूची थियो । तर उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह बैठकमा सहभागी नहुने सूचना आएसँगै सांसदहरूले बैठक नै नबस्न आग्रह गरे । 

समिति सदस्यहरुको आग्रहपछि समिति सभापति ठाकुर गैरेले समितिको बैठक स्थगित गर्नुभएको हो । बैठकमा सभापति गैरेले संसद भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिनभित्र लिखित जवाफ पठाउन समितिले निर्देशन दिए पनि मन्त्रालयले अटेर गरेको बताउनु भयो । समितिले दिएका निर्देशनमा मन्त्रालय जवाफदेही नबनेको उहाँको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले किन म्याद थपियो भन्नेबारेमा मन्त्रालयले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो । सत्तारूढ नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले समितिले दिएको पत्रको जवाफ नपठाउने र बोलाएको बेलामा मन्त्री नआउने गरिएपछि समिति नै खारेज गर्न माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.