नवलपरासी । नारायणगढ-बुटवल सडक खण्ड अन्तर्गत दुम्किबासमा पुल भासिएपछि प्रयोग गर्दै आएको वैकल्पिक सडक पनि अवरुद्द भएको छ । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ खरङ्गे खोलामा बर्षातको कारण बाढी आएपछी सवारी साधन आवतजावतमा समस्या भएको हो ।
पूर्व-पश्चिम राजमार्ग स्थित बिनयी खोलामा सञ्चालन रहेको डाईभर्सन पानीको बहाव बढेर बगाए पछि बैकल्पिक भित्री सडक मार्फत सवारी सञ्चालन गरिएको थियो ।
उक्त वैक्ल्पिक सडक समेत अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी मधु नेपालले बताउनुभयो। सडक विभागले दुम्किबास बर्दघाट खण्डमा अहिले मालबहाक सवारी आवागमनलाई रोकेको छ भने रातको समयमा सबै प्रकारको सवारी संचालनमा रोक लगाएको छ ।
सामान्य बर्षामा पनि दाउन्नेमा सडक चिप्लो हुने र विनयी खोलाको डाइभर्सन बगाएपछि यो सडक खण्डमा यातायात अवरुद्द हुँदै आएको छ ।