देशका धेरैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/ ०८३ को बजेट सार्वजनिक गरे

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशका धेरैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/ ०८३ को बजेट सार्वजनिक गरे

काठमाडौै । देशका धेरैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट सार्वजनिक गरेपनि काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिका सहित केहि अरु पालिकाले भने बजेट ल्याउन सकेनन् ।

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ। हेटौंडाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारबाट एक अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट तीन करोड ६० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापनमा व्यहोर्न अनुमान गरिएको छ।

त्यसैगरि नेपालगन्ज उपमहानगरले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाको प्रस्तावित आय व्याय विवरण पेश सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ४ अर्ब ३८ करोड २७ लाख १५ हजार बराबरको बजेट ल्याएको छ ।

कुल बजेटमध्ये चालुतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार र पुँजीगततर्फ २ अर्व ७८ करोड ८४ लाख ८५ हजार बजेट छुट्याएको छ ।

दाङका दुई उपमहानगरपालिका १ नगरपालिका र ७ गाँउपालिका गरी १० स्थानिय तहले आर्थिक वर्ष २०८२र०८३ का लागि ७ अर्व ३१ करोड भन्दा बढिको वाषिर्क वजेट सार्वजनिक गरेका छन् ।

उदयपुरमा त्रियुगा नगरपालिकाले १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार बजेट प्रस्तुत गरेको छ । दोस्रो ठुलो बजेटको रुपमा चौदण्डीगढी नगरपालिकाले १ अर्ब १३ करोड ३५ लाख ४१ हजार बजेट सार्बजनिक गरेको छ । कटारी नगरपालिकाले ८७ करोड ६५ लाख ३ हजार बजेट प्रस्तुत गरेको छ भने बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट सार्बजनिक गरेको छ ।

संखुवासभाका १० वटै स्थानीय तहले निति तथा कार्यक्रम ल्याएका छन् । ५ वटा गाउापालिका र ५ वटा नगरपालिकाले आज निति तथा कार्यक्रम ल्याएको हो ।

सन्धिखर्क नगरपालिकाले १ अर्ब ११ करोड १४ लाखको बजेट सार्वजनिक गरेको छ । पशु र कृषि र्फममा प्राबिधिक कार्यक्रमका लागि बजेट सार्बजनिक गरेको छ ।

पाँचथरका आठवटै स्थानीय तहले नीति कार्यक्रम सँगै आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि बजेट र कार्यक्रम सर्वजनिक गरेका छन ।

कास्कीको मादी र माछापुच्छै गाउँपालिका बाहेक अन्य सवै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । अन्नपूर्ण, पोखरा र रुपमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२्०८३ को वार्षिक बजेट सार्वजनिक गरेको हो ।

यता झापामा आज गौरीगञ्ज गाउँपालिकाले बजेट ल्याएसंगै सवै १५ स्थानीय तहले बजेट ल्याएका छन् । उता धनकुटाका सात मध्ये ६ वटाले  आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका छन् । धनकुटाको पाख्रिबास, महालक्ष्मी र धनकुटा नगरपालिका यसै गरि छथरजोपाटी, शहिदभूमि र चौविसे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका हुन । साँगुरीगढी गाउँपालिकामा भने आन्तरिक विवादका कारण बजेट प्रस्तुत हुन सकेको छैन् । 

धनकुटाका स्थानीयतहमध्ये धनकुटा नगरपालिका सबै भन्दा बढि १ अर्ब १२ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको छ । यसै गरि सबैभन्दा कम चौविसे गाउँपालिकाको बजेट छ । छथरजोरपाटी गाउँपालिकाले ४४ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महालक्ष्मी नगरपालिकाले ८१ तथा पाख्रिबासले ५७ करोड रुपैयाँको बजेट पेश गरेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.