काठमाडौं । अमेरिकाको न्यूयोर्कमा सातौं संस्करणको 'नेपाल डे परेड' हुनेभएको छ। यही मे १८ तारिखमा न्यूयोर्कको म्यानहाटनमा नेपाल डे परेड हुने भएको हो ।
परेड तयारीका लागि आर्थिक सङ्कलन भइरहेकाे छ भने अन्य तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। नेपालीको बाक्लो बसोबार रहेको न्यूयोर्कमा हुने 'नेपाल डे परेड'मा नेपालीहरूको बाक्लो सहभागिता रहने गर्दछ ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आयोजक रहेको 'नेपाल डे परेड'मा नेपालका विभिन्न जाति, भाषा, संस्कृति झल्किने झाँकीसहित नेपाली समुदायले नगर परिक्रमा गरी नेपाल र नेपालीको पहिचान विश्वमाझ चिनाउने जमर्को गर्छन् ।