काभ्रे । काभ्रेको बनेपा नगरपालिका-४ बिहीबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार बिहान करिब १:२० बजे रामेश्वर दाहालको दुई तले कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको हो।
इँटाको वाल र जस्ताको छानो भएको उक्त घरमा आगलागी भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान २:३० बजेतिर आगो नियन्त्रणमा ल्याइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मिन बहादुर घले जानकारी दिनुभयो।
घटनाबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
यद्यपि घटनामा मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।