भक्तपुर । पितृमुक्तिको लागि १३ दिनसम्म क्रियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति भवन निर्माण पुरा गर्न भक्तपुरको गठ्ठाघरमा जेठ चार गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ ।
महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले बताउनुभयो ।
महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । जेठ ४ देखि सुरू हुने महायज्ञको मञ्जरी राधिका दाशीले कथाबाचन गर्नु हुने उहाँले बताउनुभयो । श्रीमतद् भागवत १० गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएको उहाँकाे भनाइ छ । २०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरू भएको हो । दाताले दिएको सहयोगको आधारमा सम्मानको विशेष व्यवस्था मिलाएका उहाँले बताउनुभयो ।
पाँच आना दुई पैसा जग्गामा तीन तला भवन निर्माण भइसकेको छ । भवन निर्माण, शौचालय, ढिकोरो उठाउनसहित गरी एक करोड ६३ लाख रूपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । 'अधुरो भवन निर्माण गर्न १६ लाख अहिले पनि ऋण छ,'उहाँले भन्नुभयो,'ऋण तिर्न र नयाँ संरचना बनाउन पनि महायज्ञ लगाउनु परेको हो ।