जनकपुरमा धुमधामका साथ जानकी नवमी मनाइँदै

आज सार्वजनिक विदा
वैशाख २३, २०८२ |अमरकान्त ठाकुर
जनकपुरमा धुमधामका साथ जानकी नवमी मनाइँदै

जनकपुर। मिथिला संस्कृतिको महत्वपूर्ण उत्सवकाे रूपमा परिचित जानकी जन्मोत्सव अर्थात् नवमी जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ ।

त्रेता युगमा अनिकाल परेको बेला मिथिलाका राजा राजर्षी जनकले वैशाख शुक्ल नवमी तिथिका दिन हलो जोत्दा पृथ्वी स्वरूप जानकीको जन्म भएको स्मरणमा जानकी नवमी मनाइने परम्परा छ । 

जानकी जन्मोत्सवको अवसरमा शोभायात्रा, जानकी आरती, भजनकिर्तन, दिपोत्सव, वधैया गायन लगायत विभिन्न धार्मिक अनुष्ठान गर्ने गरिन्छ । यस अवसरमा नेपाल र भारतका विभिन्न स्थानबाट साधुसन्त र श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन। 

जनक र जानकीसंग जोडिएका जनकपुरधामको ऐतिहासिक दुधमती नदीमा श्रद्धालुहरूले स्नान गर्छन् । यसरी स्नान गर्दा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।