कान्तिपुर टेलिभिजनकर्मी सुमन पन्त सम्मानित

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनकर्मी सुमन पन्त सम्मानित

काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार सुमन पन्थ सम्मानित भएका छन् । लामो समयसम्म श्रम आप्रवासनका क्षेत्रमा कमल चलाएका पन्थलाई समाजवादी ट्रेड युनियन महासंघले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान गरेको हो । 

पन्तसहित न्यूज २४ का नवराज चालिसे, रातोपाटीका राजकुमार सिक्देल, अन्नपूर्ण पोष्टकी राधा खनाल, राष्ट्रिय समाचार समितिका कमलकुमार बस्नेत, मेघा टेलिभिजनका कृष्ण नन्द भट्ट लगायत सञ्चारकर्मीलाई सम्मानित गरिएको हो । 

कार्यक्रममा ट्रेड युनियनका नेताहरुले नेपालमा श्रमिकको न्यूनतम ज्याला कम भएको भन्दै बढाउन सरकारसँग माग गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.