काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । वैशाख १८ गतेदेखि लागूहुने गरी आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटेको छ ।
यसैगरी, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँले घटेको छ भने, अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलोलिटर २९ अमेरिकी डलरले घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत नै छ ।