कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित कलकत्ता नजिकै मोटरसाइकलसहित एक जना जलेर मृत अवस्थामा फेला परेका छन् ।
उक्त शव कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ कमरी बस्ने ५० वर्षीय हरिकिसन रानाको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
मंगलबार एकाबिहानै घरबाट निस्किएका राना घरदेखि करिब ७ किलोमिटरको दुरीमा मोटरसाइकलसहित जलेर मृत अवस्थामा फेला परेका हुन् ।
उक्त घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपेन्द्र बहादुर चन्दको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी सहितको टोली र तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा मगाइएको प्रहरीले जनाएको छ ।