चार हजार युवालाई समेट्नेगरी बागमती प्रदेशमा सीपमूलक तालिम उद्घाटन

चैत्र २८, २०८१ |बालकृष्ण अधिकारी
चार हजार युवालाई समेट्नेगरी बागमती प्रदेशमा सीपमूलक तालिम उद्घाटन

मकवानपुर । बागमती प्रदेशलाई युवा सीप वर्ष घोषणा गरेको प्रदेश सरकारले ४ हजार युवालाई तालिम दिन सीपमुलक तालिम उद्घाटन गरिएको छ । बागमती प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौंडाको आयोजनामा तालिम सञ्चालन भएको हो ।

परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले युवालाई लक्षित गरी बारिष्टा, कुक, वेटर, मन्टेश्वरी, केयर गिभर, इलेक्ट्रिसियन, प्लम्बिङ, हाउस वायरिङसहित ११ वटा विभिन्न सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । सीपमूलक तालिमका लागि करिब पाँच सय प्रशिक्षार्थी युवाको सहभागिता रहेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।