खोटाङमा अविरल वर्षा, कृषक खुसी

चैत्र २८, २०८१ |उत्तम चौलागाईं
खोटाङमा अविरल वर्षा, कृषक खुसी

खोटाङ । लामो समयको खडेरीपछि खोटाङमा पहिलो वर्षा भएको छ। गएरातिदेखि अविरल वर्षा भएपछि खडेरीको मर्कामा रहेका कृषक खुशी भएका छन् । वैशाख लाग्नै लाग्दासमेत पानी नपरेपछि मकै रोप्ने सिजन सकिएको भन्दै कृषक चिन्तामा थिए।

उसोत, यसपटक हिउँदे बालीनालीसमेत नभएको कृषकको गुनासो छ। आलु, केराउलगायतका हिउँदे बाली पानी नपरेका कारण उत्पादन नभएको उनीहरुको भनाई छ। पानी नपरेपछि चैते धानसमेत लगाउन नपाइएको कृषकले गुनासो गरेका छन् ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।