काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन इजरायल 'आवश्यक शर्तहरू' मा सहमत भएको बताउनुभएको छ । तर हमासले ती शर्तहरू स्वीकार गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन्।
दुई प्रशासन अधिकारीहरूले हमासले अझै पनि यो सम्झौतामा सहमत हुन बाँकी रहेको बताएका छन्। ट्रम्पले ट्रुथ सोसियलमा एक पोस्ट गर्दै गाजाबारे इजरायलीहरूसँग अमेरिकी प्रतिनिधिले लामो र फलदायी बैठक भएको बताउनुभएको छ ।
ट्रम्पले इजरायल ६० दिने युद्धविरामलाई अन्तिम रूप दिनका लागि आवश्यक शर्तहरूमा सहमत भएको र यस अवधिमा उनीहरूले युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्ने बताउनुभएको छ ।
यसअघि सीएनएनले कतारी अधिकारीहरूले मंगलबार हमास र इजरायल दुवैलाई ६० दिने युद्धविरामको नयाँ प्रस्ताव पेस गरेको जनाएको थियो । यो इजरायलका रणनीतिक मामिला मन्त्री रॉन डर्मरले वाशिंगटनमा ट्रम्प प्रशासनका उच्च अधिकारीहरूसँग भेटघाट गर्न भ्रमण गरेको दिन पेस गरिएको थियो।
हमासले लामो समयदेखि स्थायी युद्धविरामको लागि दबाब दिइरहेको छ, त्यसैले यसले अस्थायी ६० दिने युद्धविराममा सहमत हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन्।