काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहितकाे वर्षा

चैत्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहितकाे वर्षा

काठमाडौं । काठमाडौंमा हावाहुरीसहितको वर्षा भइरहेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भैरहेको छ । साथै देशभर तुवाँलो लागेको अवस्था छ ।

विभागका अनुसार अहिले काठमाडौं भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भैरहेको छ । न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको हो । 

विभागका अनुसार आज सातै प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबारसमेत काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.