बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । निकुञ्जको लगुना फाँटा र गैंडा मचानबीचको घना झारीमा मंगलवार राती करिब साढे आठ बजे मृत अवस्थामा रहेको बाघ फेला परेको हो ।
बर्दिया निकुञ्जका प्रमुख अशोक रामले दुई वटा बाघ मृत अवस्थामा फेला परेको कान्तिपुरसँग फोनमा कुरा गर्दे पुष्टि गर्नुभएको छ । ती बाघ आपसमा जुधेर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो ।
प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फा हाम्फेले करिब १०-१२ वर्षका भाले बाघ मृत अवस्थामा फेला परेकाे बताउनुभयो ।
मृतक बाघलाई पोष्टमार्टमका लागि निकुञ्जको मुख्यालय, ठाकुरद्वारा लगिने तयारी भई रहेको घटनास्थलमा रहेका प्रमुख तुम्फाहाम्फेले जनाउनुभयो ।