आईपीएल : आज लखनऊ र चेन्नई भिड्ने

वैशाख १, २०८२ |खेल ब्युरो
आईपीएल : आज लखनऊ र चेन्नई भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ३० औं खेलमा आज लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दै छन् । लखनऊको इकाना क्रिकेट स्टेडियममा खेल राति पौने ८ बजे खेल सुरु हुनेछ । 

हालसम्म लखनऊले ६ मध्ये ४ खेल जित्दै ८ अंकसहित चौथो स्थानमा छ । ६ मध्ये ५ खेल गुमाएर केवल २ अंक बटुलेको चेन्नई पुछारमा छ ।

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म ५ खेल भएका छन् । जसमा लखनऊले ३ पटक जितेको छ भने चेन्नईले १ खेल मात्र जितेको छ । १ खेल नतिजाविहीन भएको थियो । लखनऊको ब्याटिङ यस सिजन उत्कृष्ट देखिएको छ । निकोलस पूरन राम्रो लयमा छन् र अहिलेसम्म सिजनको सबैभन्दा बढी रन बनाएका खेलाडी हुन् । मिचेल मार्श र एडेन मार्करमले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

बलिङतर्फ रिप्लेसमेन्ट खेलाडीका रूपमा आएका शार्दूल ठाकुर आफ्नो टोलीका लागी सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

यस सिजन पाँच पटकको विजेता चेन्नईले निकै संघर्ष गरिरहेको छ । टिमका लागी रचिन रवीन्द्रले सबैभन्दा बढी रन बनाएका छन् । बलिङमा नूर अहमदले शानदार प्रदर्शन गर्दै परपल क्याप आफुसाग राखेपनि चेन्नईको ब्याटिङ प्रदर्शन भने खराब देखिएको छ । नूरले ६ खेलमा १२ विकेट लिएका छन् ।

लखनऊको पिचमा स्पिन बलर हाबी हुने गरेका छन् । केही स्लो मानिने पिचमा पछिल्लो खेलमा गुजरात टाइटन्सले १८० रन बनाएको थियो । सो खेल लखनऊले अन्तिम ओभरको तेस्रो बलमा चेज गरेको थियो । यहाँ हालसम्म १७ आईपीएल खेल भएका छन् । जसमा ८ खेल पहिले ब्याटिङ गर्ने टोलीले र ८ खेल पछि ब्याटिङ गर्ने टोलीले जितेका छन् । 

एक खेल वर्षा कारण पूरा हुन सकेको थिएन ।