अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

चैत्र २४, २०८१ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-४ खनदहमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप अनियन्त्रित भई बाटोदेखि झन्डै २ सय ५० मिटर तल खस्दा गाडीमा सबार ४ जना मध्ये दुईजनाको मृत्यु भएको हो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक मालारानी-४ का २२ वर्षीय दिलिप खनाल र मालारानी-४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ।

अन्य दुईजना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनु भयो ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।