काठमाडौं । चीनतर्फ लैजान लागिएको करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रहरीले बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ट्रकमा राखेर रसुवा हुँदै चीनतर्फ जाादै गरेको ट्रकबाट यो रकम बरामद गरेको हो ।
अमेरिकी डलर र युरोसमेत रहेकाले उक्त रकम अवैध वस्तु तस्करी बापतको भुक्तानी हुन सक्ने आशंका प्रहरीको छ ।
ट्रक चालक मात्रै पक्राउ परेकाले रकमका धनीको भन्ने अनुसन्धान भइरहेको छ । नेपालबाट विदेशी मुद्रा अवैध रुपमा लैजाने चिनियाा समूह यस अघि पनि सक्रिय थिए ।