काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका- ३, गोरखनाथ सामुदायिक वनमा लागेको आगो फैलदैँ चिसापानी सामुदायिक वनसम्म पुगेको छ । बेथानचोक गाउँपालिका वडा नं ३-५ को सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको छ।
जिल्लाको बेथानचोक गाउँपालिका- ३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आईतबार रातिदेखि आगो लागेको थियो भने साे आगो आज चिसापानी सामुदायिक वन सम्म पुगेको हो ।
रातिको समयमा डढेलो लागेको कारण तत्कालै सम्भव नभएपछि साेमबार बिहानबाट नियन्त्रणको प्रयास गरिएपनि आगाे फैलदैँ गएकाे छ ।
बेथानचोक गाउँपालिका- ३ का वडाअध्यक्ष कुबेर ढकालका अनुसार डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने देखिएको छैन ।