व्यापार तथा संस्कृति विस्तार गर्न दिल्लीमा नेपाल महोत्सव हुँदै

चैत्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
व्यापार तथा संस्कृति विस्तार गर्न दिल्लीमा नेपाल महोत्सव हुँदै

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ । नेपाल र भारतबीच व्यवसाय, संस्कृति र खाना प्रवर्गद्धन गर्न अप्रिल ११ बाट १३ सम्म महोत्सवको आयोजना हुन लागेको हो ।

भारतमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्सले नेपाल महोत्सवको आयोजना गर्न लागेको हो ।

नेपाल महोत्सवले व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत-नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले बताउनुभयो ।

आयोजक एभरेस्ट चेम्बरमा महासचिव डा. मोहन कार्कीले महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्र, सांस्कृतिक प्रस्तुति, हस्तकला प्रदर्शनी र मौलिक नेपाली खानासहित नेपालको व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिकमाझ प्रवर्धन गरिने जानकारी दिनुभयो ।

महोत्सव निर्देशक राजेन्द्र घिमिरेकाअनुसार दिल्लीको बाह्रखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा आयोजना हुने कार्यक्रममा नेपाल-भारत व्यापार सम्बन्धी छलफल, बी-टू-बी र बी-टू-सी नेटवर्किङ बैठक, लगानी विस्तारसम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म शत्र समावेश छ । घिमिरका अनुसार यो हरेक वर्ष आयोजना हुन्छ ।

‘नेपालको व्यापार, संस्कृति र खानाको विस्तारको योजनासहित महोत्सव आयोजना गरेका हौं ।’ घिमिरेले भन्नुभयो, ‘महोत्सवमा नेपाल-भारत दुवैतिरको व्यवसायी सहभागी हुँदैछन् । महोत्सवले नेपाल प्रवर्द्धन गर्ने अपेक्षा गरेका छौं ।’

कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति, खाना प्रेमीहरूका लागि मौलिक नेपाली खाना स्टल, बी-टू-बी व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्ध, उदीयमान व्यावसायिक लगानी क्षेत्र, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, भारत-नेपाल आर्थिक सहयोगको भविष्यबारे समेत छलफल हुने घिमिरेले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement