नुवाकोट । जिल्लास्थित बिदुर नगरपालिकाद्वारा गृहणी महिला तथा आमाहरुलाई उत्पादन र आयआर्जनसँग जोड्ने उद्देश्यले बाख्रापालनसम्बन्धी तालिम प्रदान गरिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका-३ स्थित फिर्केपका महिलाहरुलाई उद्यमशीलतातर्फ जोड्दै उत्पादन र आय-आर्जन कार्यमा केन्द्रीत गर्ने उद्देश्यले नगरपालिकाद्वारा पशुपालनअन्तर्गत १५ दिने ब्यावसायिक बाख्रापालनसम्बन्धी तालिम प्रदान गरिएका हो ।
नगरपालिकाद्वारा गृहणी महिला तथा आमाहरुलाई घरधन्दा र चुलो-चौकोपछि उब्रएिको समयलाई उचित सदुपयोग गराउँदै महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ३३ जना महिलाहरुलाई ब्यावसायिक बाख्रापालन सम्बन्धी तालिम प्रदान गरिएको हो ।
तालिमपश्चात् नगरपालिकाद्वारा उनीहरुलाई बीउ पुँजीका रुपमा बाख्रा खरिदको लागि ८० प्रतिशत रकम अनुदान प्रदान गरिने समेत बिदुर नगरपालिकाले जनाएको छ ।
जसले गृहणी महिला तथा आमाहरुलाई उद्यमशीलतासँग जोड्दै उत्पादन र आयआर्जनमा संलग्न गराउँनुका साथै उनीहरुलाई स्वरोजगार बनाउँन टेवापुग्ने बिदुर नगरपालिकाले बिश्वास लिएको छ ।