काठमाडौं । हाल देशमा पश्चिमी वायूसँगै स्थानीय वायूकोसमेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको विभागले जनाएको छ।
यस्तै आज दिउँसो, देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै आज राती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।