बनिसक्नै लाग्दा भत्काइयो ग्वार्को फ्लाइओभर

चैत्र ४, २०८१ |विकास आचार्य
बनिसक्नै लाग्दा भत्काइयो ग्वार्को फ्लाइओभर

ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो 'फ्लाइओभर' निर्माण सम्पन्न हुने बेला भत्काइएको छ। 

करिब ८२ प्रतिशत काम सम्पन्न हुँदै गर्दा गुणस्तरहीन काम भएको भेटिएपछि भत्काइएको हो।

फ्लाइओभर निरीक्षणका क्रममा प्रिकास्ट प्यानल अर्थात वाल चर्किएको र मापदण्ड पूरा नभएको पाइएपछि पुन मर्मत गर्ने गरि अहिले भत्काइएको हो । 

१७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको यो आयोजना गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement