मोरङ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवतीरमण भण्डारीले मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताउनु भएको छ ।
विराटनगरमा आइतबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको 'सञ्चार माध्यमको सवलीकरणमा स्थानीय सरकारको भूमिका' विषयक कार्यक्रममा मन्त्री भण्डारीले मिडियाहरु पनि जवाफदेही र सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, 'मिडिया कमजोर भए सुशासन पनि कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुन्छ । त्यस्तो अवस्थामा गणतन्त्र विरोधीहरूले सलवलनाउने मौका पाउँछन् ।'
मन्त्री भण्डारीले कोशी प्रदेशसभामा पेश भएको सञ्चार विधेयक चालू आर्थिक वर्षभित्रमा सर्वसम्मत रूपमा पारित गरिने पनि बताउनुभयो ।
कार्यक्रममा मोरङका स्थानीय तहका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता थियो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मोरङबाट सुरु गरेको कार्यक्रम 'सञ्चार माध्यमको सवलीकरणमा स्थानीय सरकारको भूमिका' विषययक कार्यक्रम १४ वटै जिल्लामा गर्दैछ ।