बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु

फाल्गुन ४, २०८१ |प्रेम रौले
बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु

बाजुरा । साँफे–मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।

उधनगढीबाट मार्तडी आउँदै गरेको सु-प-प्र ०१-००१ ख ३६८८ नम्बरको बसले सडकनजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गिरीले जानकारी दिनुभयो ।

बसको ठक्करबाट घाइते भएकी मृतककी आमा ५० वर्षीया विस्ना पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

चालक ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले जनाउनुभयो ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement