पशुलाई निर्दयी व्यवहार गर्ने दुई ट्रक सहित ५ पक्राउ

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पशुलाई निर्दयी व्यवहार गर्ने दुई ट्रक सहित ५ पक्राउ

कपिलवस्तु । गोरुलाई अमानवीय तथा निर्दयी तरिकाले बाधेर ओसारपसार गरिरहेको आरोपमा दुई ट्रक सहित ५ जना पक्राउ परेका छन् ।

बुधबार बिहान ४ बजेतिर गोरुसिंगे–तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–३, चौबिस हजार पुलबाट ना६ख १३०५ नम्बरको ट्रक चालक मकवानपुरका भीमबहादुर तितुङ पक्राउ परेका छन् । यसैगरि पक्राउ पर्नेमा ट्रक चालक विराटनगरका मानगणका हेमु श्रेष्ठ, सोही ठाउँका रमेश श्रेष्ठ, सुनसरीका ईरसाद आलम र सोही ठाउ बस्ने २७ वर्षे समिम आलम पक्राउ परेका छन् ।

उनहरुले ट्रकलाई त्रिपालले ढाकेर गोरुका पुच्छर ट्रकको छतमा डोरीले बाधी झुण्डाएको र नाक डोरीले छेडेर रगत निस्किरहेको अवस्थामा गोरु ओसारपसार गरिरहेका थिए ।

उनलाई पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने मुद्दामा कारबाही गरिने बताईएको छ । यसका लागि कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान गरिने जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

अमानवीय काम गर्ने सवारी चालक सहित ४ जना र सवारी साधन नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० (पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने) को (१) बमोजिम कारवाहीकालागि जिल्ला प्रशासन कार्यालयबाट ७ (सात) दिन म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस अघि गत कार्तिक २३ गतेपनि शिवराज नगरपालिकाको जवाभारीबाट ना६ख ३७०८ नम्बरको ट्रक सहित २१ गोरु पक्राउ गरिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement