हेटौंडामा करेन्ट लागेर दुई बालिकाको मृत्यु

आश्विन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
हेटौंडामा करेन्ट लागेर दुई बालिकाको मृत्यु

हेटौंडा । हेटौंडामा करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीस्थित कर्भड हल छेउमा विद्युत सर्ट हुँदा करेन्ट लागी २ बालिकाको मृत्यु भएको हो ।

दिउॅंसो १ बजेको समयमा कबर्ड हलको छेउमा ११ केभीए पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको फलामको पोलमा विद्युत सर्ट भई पोल हुँदै पोलको फेदमा जमेको पानिमा विद्युत प्रवाह भएको थियो ।

करेन्ट लागि मृत्यु हुनेमा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १ बस्ने ९ बर्षीया बालिका र मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ की ७ वर्षीया रहेका छन् ।

पैदल हिडीरहेका बालिका जमेको पानीमा करेन्ट लागेर बेहोस भएका थिए । उनीहरु दुबै जनालाई उपचारको लागी हेटौंडा अस्पताल ल्याईएको थियो ।

अस्पतालमै उपचारको क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.