सशस्त्रका प्रशिक्षार्थी अधिकृतले गरे कुश्मामा बन्जी

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सशस्त्रका प्रशिक्षार्थी अधिकृतले गरे कुश्मामा बन्जी

काठमाडौं । सशस्त्र प्रहरी बलको ‘सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम’का प्रशिक्षार्थी अधिकृतहरूले कुश्मामा रहेको ‘द क्लिफ’मा बन्जी गरेका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले ४५ प्रशिक्षार्थी अधिकृतको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेजअन्तर्गत बन्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिनुभयो ।

विगतमा पनि अधिकृत स्तरका प्रशिक्षार्थीलाई साहसिक प्याकेज दिने गरिएकामा यसपटक बन्जी थपेर झनै साहसिक अनुभव दिलाइएको उहाँको भनाइ छ ।

क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.