भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

भाद्र १८, २०८३ |दशरथ राई
भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरुको १३ औं दिनको पुण्यतिथिका दिन २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च तथा घाइतेभएमा नि:शुल्क औषधि उपचार गर्ने र मृत्युभएमा निजका परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।

यसैगरी सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका दिन सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद बैठकले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित परिवारका लागि उपलब्ध गराएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।