बुटबल । संघीयतापछि संघले संचालन गरेका धेरै खानेपानी आयोजना प्रदेश मातहत गएका छन्। तर, प्रदेशले अपनत्व नै नलिदा कतिपय खानेपानी आयोजना अलपत्र परेका छन्। त्यसमध्येको एक आयोजना हो बुटवलको शान्तिदीप खानेपानी आयोजना। यो आयोजना अलपत्र पर्दा बुटवलको रानीगन्जवासी स्वच्छ खानेपानी पाउन बञ्चीत छन्।
तिनाउ नदी किनारका बुटवलवासीलाई स्वच्छ खानेपानी पुर्याउन भन्दै ९ वर्षअघि रानीगन्जमा शान्तिदीप खानेपानी आयोजना सुरु भएको थियो । ७ करोड ६ लाख २१ हजार रुपैयााको लगानीमा ३ वर्षभित्रमा खानेपानी ल्याउने योजना सहित यो खानेपानी आयोजना सुरु भएको हो । तर ठूलो आशाका साथ आर्थिक वर्ष २०७४/०७५ मा बुटवल उपमहानगरपालिका १७ रानीगञ्जमा सुरु भएको शान्तिदीप खानेपानी आयोजनाको काम अझै ५० प्रतिशत सकिएको छैन । आयोजना नसकिदा एकातिर उपलब्धि गुम्दै गएको छ । अर्कोतिर रानीगन्जवासीले स्वच्छ खानेपानी अझै पाएका छैनन् ।
रानीगन्जवासीलाई शुद्ध र सफा खानेपानी नियमित उपलब्ध गराउने उद्देश्यले सघिय सरकारले सुरु गरेको खानेपानी आयोजना अहिले लुम्बिनी प्रदेश सरकारको जिम्मामा छ । तर निर्माणमा बजेट छुट्याइएको छैन । ९ वर्षमा २ करोड ७५ लाख रुपैयाा खर्च हुादा खानेपानीको ओभरहृयान्ड ट्याङ्की ठडिएको छ । तर यहीा टंकी कहिले सकिने हो र अन्य पूर्वाधार कहिले बन्ने हो टुंगो छैन ।
शान्तिदीप खानेपानी आयोजनाले ५ सय घरका उपभोक्तालाई खानेपानी पुर्याउने लक्ष्य लिएको थियो । अहिले घर संख्या बढेर ७ सय पुगेको छ । तर संघीय सरकारले ससर्त बजेट नपठाएको भन्दै यतिधेरै उपभोत्तालाई स्वच्छ खानेपानी पुर्याउने योजना अलपत्र छ ।
विकासका नाममा खानेपानी योजना ल्याउने तर, अलपत्र पार्ने परिपाटी विरुद्ध स्थानीय आक्रोशित छन् । एक सरकारले योजना सुरु गर्ने तर अर्कोले अपनत्व नलिने परिपाटी नरोकिदासम्म खानेपानी योजना यस्तै अलपत्र पर्नेछन् ।