देशका सबैजसो शहरमा आज पानी पर्ने सम्भावना

वैशाख १५, २०८३ |कान्तिपुर टीभी संवाददाता
देशका सबैजसो शहरमा आज पानी पर्ने सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका सबैजसो शहरमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महशाखाले जनाएको छ ।

पानी पार्ने यो प्रणाली बिस्तारै पूर्वतिर सर्ने क्रममा छ । महाशाखाले पूर्वी क्षेत्रमा थप पानी पर्ने सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज पोखरामा मेघगर्जन र चट्याङसहित मध्यम पानी पर्ने सम्भावना ८० प्रतिशत रहेको छ । काठमाडौँमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको ६० प्रतिशत सम्भावना रहेको छ । यस्तै सिमरा, भैरहवालगायतका स्थानमा पनि पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ ।

नेपालमा अहिले प्रिमनसुन अवधि चलिरहेको छ । यो बेला प्रायः चट्याङ र असिनासहितको वर्षा हुने गर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.