रातो मछिन्द्रनाथ जात्राको तयारी : पुल्चोकमा रथ निर्माण सुरू

चैत्र २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रातो मछिन्द्रनाथ जात्राको तयारी : पुल्चोकमा रथ निर्माण सुरू

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउन सुरु गरिएको छ ।

ललितपुरको पुल्चोकमा काठ र बेतमात्र प्रयोग गरी ३२ हात अग्लो रथ बनाउन सुरु गरिएको हो । रथ बनाउन यँवाल समुदायका ४२ जना दिनहुँ लागिपरेका छन् । रथमा प्रयोग गरिने बेत भने भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

३२ हात अग्लो रथ बनाउन र जात्रामा समेत गरि नेवार समुदायका ३२ थरिका जातजाति नै संग्लन हुन्छ् । जेन-जी आन्दोलनका क्रममा रथका पांग्राहरु जलेका कारण यसपालि चारवटै नयाँ पांग्रा बनाइएको छ । जात्रा सञ्चालनका लागि झन्डै डेढ करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने गुठी संस्थान कार्यालयले जनाएको छ।

मुलुककै लामो समयसम्म सञ्चालन हुने जात्राअन्तर्गत वैशाख ५ गते मछिन्द्रनाथको रथारोहण गराइ ८ गतेवाट जात्रा सुरु गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.