प्रिमियर लिग : बर्नमथसँग स्तब्ध आर्सनल

शीर्ष स्थानको अग्रता बनाउने अवसर गुमायो
चैत्र २८, २०८२ |खेल ब्युरो
प्रिमियर लिग : बर्नमथसँग स्तब्ध आर्सनल

काठमाडौं । बर्नमथसँग २-१ ले पराजित भएपछि लिग लिडर आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थामना १२ अंकको अग्रता बनाउने अवसर गुमाएको छ ।

जारी सिजन आर्सनलको यो दोस्रो घरेलु हार हो । एमिरेट्स स्टेडियममा सम्पन्न खेलमा बर्नमथले १६औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि १९ वर्षीय इलि जुनियर क्रुपीले गोल गरेका थिए । आर्सनलले ३२औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरी गरेको थियो । 

रायन क्रिस्टीको ह्यान्डबलपछि प्राप्त पेनाल्टीलाई भिक्टरले सहजै गोलमा परिणत गरे । त्यसपछि पहिलो हाफमा आर्सनलले बल नियन्त्रणमा राखे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा आर्सनलले केही खेलाडी परिवर्तन गरे पनि खेलको ७४औं मिनेटमा एलेक्स स्कटले गोल गर्दै बर्नमथलाई पुनः अग्रता दिलाए । 

बाँकी समयमा आर्सनलले बराबरी गोल फर्काउन नसक्दा घरेलु मैदानमै पराजित हुन पुग्यो । ३० खेलमा ७० अंकसहित आर्सनल शीर्ष स्थामना छ भने ३२ खेलमा ४५ अंक जोडेको बर्नमत नवौं स्थानमा उक्लिएको छ । ईपीएलमा अहिले ब्रेन्टर्फट र एभर्टन तथा बर्नली र ब्राइटटनबिचको खेल जारी छ । राति सवा १० बजे लिभरपुलले फुलहमको स्वागत गर्ने छन् । 

प्रिमियर लिगको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट भइरहेको छ ।