मुख्यमन्त्री कप महिला भलिबल : रूपन्देही च्याम्पियन, पाल्पा उपविजेता

चैत्र २८, २०८२ |खेल ब्युरो
मुख्यमन्त्री कप महिला भलिबल : रूपन्देही च्याम्पियन, पाल्पा उपविजेता

दाङ । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रूपन्देहीले जितेको छ ।

फाइनल खेलमा पाल्पालाई सोझो सेटमा पराजित गर्दै रूपन्देही च्याम्पियन बनेको हो । रूपन्देहीले पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा ३०-२८ को नतिजा हात पारेको थियो ।

उपाधीसँगै रूपन्देहीले नगद १ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्यो । पाल्पाले नगद ६५ हजारमा चित्त बुझायो । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रूकुमपूर्व तेस्रो र बर्दिया चौथो स्थानमा रहे । रूकुमपूर्वले बर्दियालाई ३-१ को सेटमा हराउँदै तेस्रो स्थान हात पारेको हो ।