गोरखादेखि रूपन्देहीको जितगढीसम्म सेनाको पदयात्रा सुरू

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
गोरखादेखि रूपन्देहीको जितगढीसम्म सेनाको पदयात्रा सुरू

गोरखा । नेपाली सेनाको गोरखादेखि रूपन्देहीको जितगढीसम्मको पदयात्रा सुरू भएको छ ।

गोरखा दरबारको हनुमानभञ्ज्याङबाट बाजागाजा र परम्परागत पोशाक लगाएका गुरुज्यूको पल्टनसहितको टोली पदयात्रामा निस्किएको हो । चौथो पटक आयोजना भएको पदयात्रामा टोलीलाई नेपाली सेनाका पश्चिम पृतनापति भोलानाथ थापाले टर्च हस्तान्तरण गर्नुभयो । 

गोरखाबाट हिँडेको टोली तनहुँ, पाल्पा हुँदै २ सय ३ किलोमिटर दूरी पार गरी ११ दिनमा रूपन्देहीको जितगढी पुग्नेछ । सेनाको पदयात्रा टोलीले पृथ्वीनारायण शाहकालीन सेनाका ५ कम्पनीको झण्डा र जीतगढी लडाइँमा सहभागी गुरु बक्स गुल्मको झण्डा लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.