
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष सिफारिस गर्नुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरेपछि खाली रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ। त्यस्तै सुरूदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी भने गौरीकुमारी यादवलाई दिइएको छ।
रामजी सप्तरी– २ बाट निर्वाचित सांसद हुन भने गौरी महोत्तरी- ४ बाट निर्वाचित हुनुभएको हो । यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्नुभएको थियो । राष्ट्रपतिले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेपछि सपथ पनि शुक्रबारनै हुनेछ।